मुख्य समाचार

अक्सिजन अभाव हुन नदिन गृह मन्त्रालयको सक्रियता

griha mantralaya

२४ वैशाख, काठमाडौं । गृह मन्त्रालयले अक्सिजनको अभाव हुन नदिन सक्रियता बढाएको जनाएको छ ।

कोभिड–१९ को दोस्रो लहरको संक्रमण दिनानुदिन वृद्धि हुदै गइरहेको सन्दर्भमा अक्सिजन आपूर्ति तथा वितरण प्रणालीलाई भरपर्दो बनाउन मन्त्रालय लागिपरेको हो । मन्त्रालयले अक्सिजन आपूर्ति तथा वितरण प्रणालीलाई भरपर्दो बनाउन प्रहरी परिचालन गरेर देशभरबाट १ हजार ८ सय १६ थान सिलिन्डर जफत गरेको छ ।

कोभिड–१९ को उपचारका लागी आवश्यक अक्सिजन विभिन्न आयोजना, उद्योग र घरमा स्टक नराख्न गृह मन्त्रालयले आग्रह गरेको छ । शुक्रवार साँझ गृह मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर अक्सिजन सिलिन्डर नजिकको अस्पताल र सुरक्षा निकायमा बुझाउन अपिल गरेको छ ।

‘उद्योग, व्यवसाय, आयोजना तथा व्यक्तिसँग रहेका अक्सिजन सिलिन्डर नजिकको अस्पताल वा सुरक्षा निकायमा उपलब्ध गराएर कोभिड उपचारमा योगदान मन्त्रालय अपिल गर्दछ’ गृहको विज्ञप्तिमा भनिएको छ– ‘कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार पद्धतिलाई प्रभावकारी तुल्याउने सरकारी अभियानमा सहभागिताका लागि आग्रह गर्दछ ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अक्सिजन अभाव हुन नदिन विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिन्डर जम्मा गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस