मुख्य समाचार

दाङमा ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

Death Body

२५ वैशाख, दाङ । दाङमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

गढवादेखि बेलातर्फ जाँदै गरेको रा ५ प २०९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा १ त २४५० नम्बरको ट्याक्टर गढवा गाउँपालिका वडा नम्बर ७ बालापुर गएराती दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार गढवा गाउँपालिका वडा नम्बर ७ घोराही निवासी अन्दाजी ६० वर्षका टिकाराम चौधरी रहेको मृत्यु भएको छ भने सोही वडाका मोटरसाइकल चालक मानपुर निवासी वर्ष ४५ का चुडमणी पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस