प्रदेश १

बिर्तामोडमा निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु

tempo ambulance

२५ वैशाख, झापा । झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ

कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान  सहयोग गर्छन् । यसका लागि चार वटा टेम्पो जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा तयारी अवस्थामा राखिएको छ ।

नगरपालिका क्षेत्रको कुनै पनि स्थानबाट बिरामीलाई नजिकको अस्पताल पुर्याउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले बताए ।

नगरपालिका क्षेत्रमा बिएन्डबी, बिर्ता सिटी, मनमोहन सामुदायिक, कनकाई, कञ्चनजङ्घा र अञ्जली हस्पिटल सञ्चालित छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *