गण्डकी प्रदेश

पोखरामा प्रहरीले संकलन गर्‍यो १ सय ८७ वटा अक्सिजन सिलिन्डर

Kaski

२५ वैशाख, पोखरा । कास्की प्रहरीले अक्सिजनको १८७ थान खाली सिलिण्डर संकलन गरी अक्सिजन उत्पादन गर्ने कम्पनीलाई हस्तान्तरण गरेको छ । कोरोना संक्रमण तीव्र बनेसँगै अक्सिजन सिलिण्डरको अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर संकलन गर्न थालेको हो ।

कास्की जिल्लाअन्तर्गत विभिन्न मेटल कम्पनी, वर्कसप, इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीहरुसँग रहेका अक्सिजन ग्यास सिलिण्डर पछि फिर्ता गर्ने गरी संकलन गरिएको प्रहरीले जनाएको छ ।

संकलित सिलिण्डर पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई हस्तान्तरण गरिएको जानकारी दिइएको छ ।

अरु कम्पनी र व्यक्तिसँग भएका अक्सिजन सिलिण्डरहरु अक्सिजन उत्पादन कम्पनीलाई उपलव्ध गराइदिन जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस