
२५ वैशाख, गुल्मी । गुल्मी प्रहरीले निषेधाज्ञा अवज्ञा गरी यात्रुहरु ओसारपसार गर्ने बस चालकलाई नियन्त्रणमा लिएको छ ।
बुटवलबाट ३० जना यात्रुहरु राखेर आइरहेको लु १ख ७१८९ नम्बरको बसलाई जिल्लाको मुख्य नाका रिडीमा चेकजाँच गरी चालक नारायण पान्डेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी गोपाल चन्दभट्टराईले जानकारी दिए ।
त्यस्तै, निषेधाज्ञाको अवज्ञा गर्ने दर्जनौ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । नियन्त्रणमा लिइएका चालकलाई कानुनअनुसार कामकारबाही चलाउने कि पहिलो पटकलाई चेतावनी सहितको कागज गराइ छाड्ने बिषयमा छलफल भैरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन ।
गुल्मीमा गएराति देखि जेठ ४ गते सम्मका लागि दोश्रो पटक निषेधाज्ञा जारी भएको छ ।
प्रतिक्रिया दिनुहोस