मुख्य समाचार

प्रतिनिधिसभा र राष्ट्रियसभाका १९ सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि

Parliment pcr test

२५ वैशाख, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका १९ सांसदसहित १६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका अनुसार संक्रमितमा १९ सांसदबाहेक संसद सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीलगायत रहेका छन् ।

प्रतिनिधिसभाको बैठक वैशाख २७ गते बस्ने लागेकाले वैशाख २३ र २४ गते २०५ जना सांसदसहित १२ सय ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये १६० जनामा संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ मा प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छिन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *