मुख्य समाचार

अक्सिजनको सहज उपलब्धता गराइदिन चिकित्सक संघको माग

nepal chikitsak sang

२५ वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड–१९ को उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धता गराई अक्सिजन र अक्सिजन सिलिण्डर अभाव नहुने अवस्थाकोे सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै संघले कोरोना संक्रमितको उपचारमा संलग्न अस्पतालहरुले ‘अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकिएको, बिरामी आफैँले अक्सिजन व्यवस्था गर्नुपर्ने’लगायत भनि सूचना प्रेषित गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“यस गम्भीर अवस्थामा कोभिड–१९ को उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धता गराई अक्सिजन र अक्सिजन सिलिन्डर अभाव नहुने अवस्थाकोे सुनिश्चित गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस