
२५ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार बढीमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार देशभर ८ हजार ४१८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले शनिबार जनाएअनुसार १७ हजार ३१५ जनाको पीसीआर विधि र ९८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः ८ हजार २८७ र १३१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्तमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृतकको संख्या ३ हजार ६३२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस