मुख्य समाचार

सरकारले अख्तियारलाई प्रतिशोध साँध्ने संस्था बनायो : देउवा

sher bahadur deuba

२५ वैशाख, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाएको आरोप लगाएका छन् । शनिबार संघीय संसद् भवनको लोत्सेहलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरि विपक्षीप्रति प्रतिशोध साध्ने मनसायका साथ सरकार अघि बढेको बताए । उनले रिक्त उपसभामुख पदको निर्वाचन नगराईकन सरकारले संवैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी गरे ।

उनले भने, “उपसभामुखको चुनाव अहिले सम्म नगराई राखेर संबैधानिक प्रक्रिया अपुरो नै राखिएको छ । विरोधीलाई दुख दिनका लागि मनपरि किसिमले अध्यादेश ल्याइएको छ । ब्ल्याकमेलिङ गर्ने संस्थाको रुपमा अख्तियारलाई स्थापना गरेको छ । ”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस