
२५ वैशाख, रौतहट । रौतहटमा कोरोना भाइरसको दोस्रो लहरबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । उपचारको क्रममा रहेका थप दुई जनाको शनिबार मृत्यु भएसँगै मृत्यु हुने संक्रमितको संख्या १४ पुगेको हो ।
वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राजपुर नगरपालिका–१ का ६० वर्षीय पुरुष र जिल्ला अस्पताल गौरमा उपचारको क्रममा रहेका गौर नगरपालिका –९ का ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । वैशाख १३ देखि २५ गतेसम्म रौतहटका १४ जना संक्रमितले ज्यान गुमाएको प्रशासनले जनाएको छ ।
योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३२९ पुगेको छ । सो मध्ये ७३ महिला र २१९ पुरुष गरि कुल २९२ जना सक्रिय संक्रमित रहेको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस