मुख्य समाचार

अक्सिजन अभाव: काठमाडौंका चार अस्पतालद्वारा थप कोरोना संक्रमितको उपचार गर्न नसक्ने घोषणा

no bed

२५ वैशाख, काठमाडौं । अक्सिजन ग्यासको अभाव भएको भन्दै काठमाडौंका चार अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने जनाएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्रि अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोरोना संक्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरा दिन नसकिने परिस्थिति सिर्जना भएको जनाएको हो ।

अस्पतालले शनिबारदेखि अक्सिजनको नियमति आपूर्ति नभएसम्म सिमित शय्यामात्र सञ्चालन ल्याएर सेवा प्रदान गर्ने जानकारी दिएको छ ।

covid hospital notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस