
२५ वैशाख, दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा फेरि ‘पसिना’ आएको छ । मन्दिरको शिलामा शनिबार मध्याह्नकाे १२:१५ देखि १:३० बजेसम्म ‘पसिना’आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए ।
मन्दिरमा ‘पसिना’ आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका थिए । मन्दिरमा आजै क्षमा पूजा गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
शिलाको दाहिनेपट्टिको शिरमा ‘पसिना’आउदा प्रजा अर्थात् जनतालाई अनिष्ट हुने किंवदन्ती रहेको स्थानीय भरत नारायण प्रधान बताउँछन् । उनका अनुसार केही बेरपछि पुनः बीचभागबाट ‘पसिना’ आएकाले राज्य र नागरिक दुवैलाई उत्तिकै अनिष्टको संकेत हुन सक्ने अनुमान छ ।
यसअघि मंसिर १४ गते पनि भीमेश्वरको शिलामा ‘पसिना’ आएको थियो । जसको असरका रूपमा तत्कालीन सत्ताधारी दल नेपाल कम्युनिस्ट पाटीभित्र भएको फुटलाई आधार मानिएको स्थानीय बताउँछन् ।