मुख्य समाचार

बुढानिलकण्ठबाट फर्के लगत्तै ठाकुर र महतो बालुवाटारमा

jasapa oli

२६ वैशाख, काठमाडौं । कांग्रेस सभापति शेरबहादर देउवालाई भेटे लगत्तै जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निबास बालुवाटार पुगेका छन् । अहिले बालुवाटारमा प्रधानमन्त्री ओलीसहितका एमाले नेता र जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटवार्ता भइरहेको छ ।

ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने–नदिनेबारे कुनै पनि औपचारिक निर्णय नगरेको जानकारी काँग्रेस सभापति देउवालाई दिएका छन् । पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रम ओलीविरुद्ध काँग्रेस र माओवादीसँग गठबन्धन बनाइरहेको बेला ठाकुर बूढानीलकण्ठ पुगेर काँग्रेस सभापतिलाई सो सन्देश दिएका हुन् ।

स्रोतका अनुसार अर्का नेता महतोसँगै बूढानीलकण्ठ पुगेका ठाकुरले देउवासँग विश्वासको मतबारे काँग्रेसको आधिकारिक धारणाबारे प्रश्न गरेका थिए । जवाफमा देउवाले आफ्नो पार्टीले प्रधानमन्त्री ओलीको विपक्षमा मत हाल्ने यसअघि नै निर्णय गरिसकेको बताएका थिए ।

ठाकुरले भने विश्वासको मतबारे आफ्नो पार्टीले कुनै निर्णय गरिनसकेको र सम्भवतः आजसम्ममा यसबारे औपचारिक निर्णय गर्ने देउवालाई जानकारी दिएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस