समाचार

घरको छतबाट खसेर बाग्लुङमा १ जनाको मृत्यु

bead body tag

२६ वैशाख, बागलुङ । जिल्लाको खरबाङमा घरको छतबाट खस्दा आइतबार बिहान एक जनाको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका वडा नं. २ दनिया निवासी ३९ वर्षिया रनबहादुर रानाको मृत्यु भएको हो ।

स्थानीय दिपु केसीको घरमा वायरिङ गर्ने क्रममा घरको छतबाट खस्दा गम्भीर घाइते भएका रानाको उपचारका लागि हेलिकप्टर मार्फत पोखरा लैजाने अन्तिम तयारी भइरहेका बेला मृत्यु भएको स्थानीय कमल पौडेलले जानकारी दिए ।

राना गिरिङ्दी खोला लघु जलविद्युत परियोजनामा अपरेटरको रुपमा काम गर्दै आएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *