मुख्य समाचार

अफगानिस्तानमा हमलामा मर्नेको संख्या ५८ पुग्यो

kabul school blast

२६ वैशाख, काठमाडौं । अफगानिस्तानमा शान्ति कायम गर्नका लागि सरकार र तालिबानबीच वार्ता चलिरहेको छ । तर, यसका बाबजुद आतंककारी हमला रोकिएको छैन । राजधानी काबुलको पश्चिम हिस्सामा एक गल्र्स स्कुल बाहिर शनिबार राति भएको विस्फोटमा मर्नेहरुको संख्या ५८ पुगेको अफगानी अधिकारीहरुले आइतबार दिएका छन् । यस हमलामा  कम्तिमा १ सय ५० जना घाइते छन् ।

अफगान सरकारका प्रवक्ता तारिक अरियानका अनुसार घाइतेमध्ये अधिकांश विद्यार्थी छन् । स्कुल छुट्टी भएर छात्राहरु निस्किरहेका बेला हमला भएको थियो । अहिलेसम्म यस हमलाको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन । अमेरिकाले सेप्टेम्बर ११ सम्म आफ्नो सेना फर्काइसक्ने योजना सार्वजनिक गरिसकेको संक्रमणकालीन समयमा काबुलमा  यस्तो भयावह स्थिति सिर्जना भएको हो ।

अफगानी राष्ट्रपति असरफ घानीले विज्ञप्ति जारी गर्दै यस हमलाको निन्दा गरेका छन् । उनले तालिवानमाथि हमलाको आरोप लगाएपनि कुनै प्रमाण भने पेस गर्न सकेनन्। यता, तालिवानले पनि घटनाको निन्दा गरेको छ । उसले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस