
२६ वैशाख, मोरङ । आज बिहान पानीसहित परेको चट्याङमा परी मोरङको छुट्टाछुट्टै स्थानमा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० वर्षीय प्रविन माझीको चट्याङ लागेर मृत्यु भएको हो ।
बारीमा काम गरिरहेका बेला चट्याङ लागेर गम्भिर घाइते भएका उनको रंगेली अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाउँपालिका ६ पोखरियाका ४५ वर्षीय मुक्तर मिया अन्सारी र उनकी श्रीमती २६ वर्षीय जाननारा खातुन चट्याङ लागी घाइते भएका हुन् ।
उनीहरुको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस