
२६ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १८ दशमलव ५६ अंकले घटेर २ हजार ६ सय १८ दशमलव ५६ अंकमा झरेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३१ अंकले घटेको छ । कारोबार रकम भने ६ अर्ब माथि पुगेको छ । नेप्सेमा कारोबार हुने समूहगत इन्डेक्सहरु भने सबै घटेर राताम्मे देखिएका छन् । समूहगत सबइन्डेक्सहरु सबैभन्दा धेरै लघुवित्त र व्यापार समूह घटेका छन् ।
प्रतिक्रिया दिनुहोस