प्रदेश २

प्रदेश-२ मा १९ जना प्रहरी र ५६ जना थुनुवामा कोरोना संक्रमण

covid 19 test

२६ वैशाख, जनकपुरधाम । प्रदेश-२ मा १९ जना प्रहरी र  ५६ जना थुनुवामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार महोत्तरीबाहेक ७ जिल्लामा प्रहरी संक्रमित देखिएका छन् । सबैभन्दा बढी बारामा ६ जना प्रहरी संक्रमित देखिएका छन् । पर्सामा ५ जना, सर्लाहीमा ३ जना, सिरहामा २ जना तथा सप्तरी, धनुषा र रौतहटमा १÷१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।

संक्रमित प्रहरीमध्ये पर्साका १ जनाको अक्सिजनको सपोर्टमा उपचार भइरहेको जनाइएको छ भने बाँकीको अवस्था सामान्य रहेको जनाइएको छ । उनीहरुको उपचार सम्बन्धित कार्यालयकै आइसोलेसनमा भईरहेको डिआइजी सिंहले बताए ।

त्यस्तै प्रदेश २ मा रहेका विभिन्न प्रहरी हिरासतमा रहेका ५६ जना थुनुवासमेत कोरोना संक्रमित भएका छन् । सबैभन्दा बढी पर्सा प्रहरी हिरासतमा रहेका ३९ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । त्यस्तै रौतहट हिरासतमा रहेका १०, धनुषामा ५ तथा महोत्तरी र सर्लाही प्रहरी हिरासतमा रहेका १÷१ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस