२६ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा ३८ पत्रकार कोरोना संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनीले प्रदेश समितिले दिएको जानकारीअनुसार ३८ पत्रकार कोरोना संक्रमित भएका हुन् ।
सबैभन्दा बढी रुपन्देहीमा १४ जना पत्रकार संक्रमित भएका छन् । त्यस्तै बांकेका १२ जना, दाङका ४ जना, बर्दियाका ४ जना, पाल्पाका २ जना तथा कपिलवस्तु र नवलपरासीका १/१ जना पत्रकार संक्रमित भएका छन् ।
संक्रमितमध्ये रुपन्देहीका २ जना र दाङका एक जना पत्रकारको अस्पतालमै भर्ना गरेर उपचार भैरहेको छ । अरु पत्रकार भने हालसम्म होम आइसोलेसनमै छन्।कोरोना संक्रमणको दर बढिरहँदा पत्रकार महासंघका जिल्ला शाखाहरुमा आइसोलेसन स्थापना भइरहेका छन्।
हालसम्म लुम्बिनी प्रदेशका कपिलवस्तु, दाङ, रोल्पा, अर्घाखांची, गुल्मी र पाल्पा जिल्ला शाखामा अक्सिजन सहितको आइसोलेसन निर्माण भएको छ ।
प्रतिक्रिया दिनुहोस