मुख्य समाचार

काली गण्डकी माथि बन्यो नेपालकै पहिलो स्काइ चियर, कफी पिउँदै हिमाल र बन्जीको मज्जा लिन सकिने

kali gandaki sky

२६ वैशाख, पर्वत । एसियाकै नमुना झोलुङ्गे पुल बनाएर बन्जी र स्वीङ सञ्चालन गर्दै आएको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बाग्लुङको बलेवामा नेपालकै पहिलो स्काइ चियरको निर्माण गरेको छ ।

काली गण्डकी खोँच माथिको स्काइ चियरमा बसेर कुश्मा बजार, धौलागिरि हिमाल, बन्जी र स्विङ गरेको लगायतका मनोरम दृश्य हेर्न पाइनेछ । पर्यटकले स्काइ चियरमा बसेर कफी पिउन, खाजा खान लगायत फोटो भिडियो खिचाउन सक्नेछन् ।

विद्यमान निषेधाज्ञा पश्चात् सर्वसाधारणका लागि स्काइ चियर खुला गरिने बताइएको छ । एक पटकमा दुई जना बस्न मिल्ने स्काइ चियर नदीबाट २ सय ५० मिटर अग्लो भएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए ।

kali gandaki sky

रिपोर्ट परिसरमै हाइ रोप स्टेसनको निर्माण धमाधम भइरहेको छ । स्टिल केवलको सहायतामा हार्नेस लगाएर भिरमा हनि हन्टिङ गर्ने शैलीमा हाइ रोप स्टेसन चढिने कार्कीले बताए । स्टेसन नदीबाट २ सय ५० मिटर अग्लो हुने बताइएको छ ।

साथै रिसोर्टमै भगवान् पाइलाको निर्माण भइरहेको छ । जमिनबाट ५ मिटर अग्लो हुने पाइलामा गएर पर्यटकले आसपासका दृश्यावलोकन गर्न सक्छन् । पाइला पनि नदीबाट २ सय ५० मिटरको उचाइमा रहने बताइएको छ । पाइलाको तल सेफ्टीनेट राखेर सुरक्षा सावधानी अपनाइने बताइएको छ ।

kali gandaki sky

यस्ता खालका गतिविधिले पर्यटकलाई उचाइको डरसँग सामना गर्न सगाउने बताउँदै कार्की थप्छन् ‘भोलिका दिनमा पनि अन्य साहसिक गतिविधि थप्दै लैजाने योजना रहेको छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस