
२६ वैशाख, काठमाडौं । कोभिड-१९ संक्रमणको रोकथाम गर्न विभिन्न जिल्ला प्रशासन कार्यालयहरुबाट अतिआवश्यक गतिबिधिबाहेक सम्पूर्ण क्रियाकलापहरु निषेध गरी जारी गरिएको आदेशलाई ध्यानमा राख्दै सिप्रदीको सबै शाखाहरु बन्द छन् ।
तर, पनि राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारी साधनहरुलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा दिईरहेको जानकारी कम्पनीले दिएको छ । हाल सिप्रदीले एम्बुलन्स, आकस्मिक स्वास्थ्य सेवातथा सुरक्षामा खटिएका सवारीसाधनहरुलाई सेवा दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस