मुख्य समाचार

सङ्क्रमणमुक्त भए नेता झलनाथ खनाल, केही दिन अस्पतालमै रहने

jhalanath khanal

२७ वैशाख, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशनल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ सङ्क्रमणमुक्त भएका हुन् ।

उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण नदेखिएको बताए । उनका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनु हुनेछ ।

सङ्क्रमति भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस