
२७ वैशाख, काठमाडौं । चर्चित कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चितकालका लागि स्थगित भएको छ ।
कोभिड–१९ को दोस्रो भेरियन्टले सिर्जना भएको असहज परिस्थितीले नयाँ भाग छायाँंकन असम्भव भएपनि शो अहिलेलाई स्थगित गरिएको आयोजकले सामाजिक संजाल मार्फत जानकारी दिएको छ ।
‘कोभिड–१९ का कारण सिर्जना भएको यो स्थितिका बीच हामी तपाईंहरू माझ कमेडी च्याम्पियन सिजन २ का नयाँ एपिसोड पस्किन असमर्थ छौं’ आयोजकले आफ्नो अधिकारिक पेजमा लेखेको छ ‘अहिलेलाई हाम्रो छायाँंकन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चांडो नयाँ ऊर्जा सहित आउने नै छौं ।’
आयोजकले सबैलाई सुरक्षित बस्न र आफु र आफन्तको ख्याल राख्न समेत अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस