मुख्य समाचार

सुरु भयो प्रतिनिधिसभाको विशेष अधिवेशन, ओलीले विश्वासको मत लिँदै

Parliament Samsad

२७ वैशाख, काठमाडौं । प्रधानमन्‍त्री केपी ओलीलाई विश्‍वासको मत लिनका लागि डाकिएको संसद्को विशेष अधिवेशन एकछिनमा सुरु भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा आजै प्रधानमन्त्री केपी ओलीले सरकारमाथि विश्वास रहे नरहेको बारे मत लिनेछन् ।विश्‍वासको मत पाए ओलीले निरन्तरता पाउनेछन् ।

तर नेता एमालेका माधव नेपाल पक्षका सांसदहरू अनुपस्थित हुने निर्णय गरेकोले ओलीले विश्‍वासको मत पाउने संभावना छैन । जनता समाजवादी पार्टीको महन्थ ठाकूर र राजेन्द्र महतो समूह तटस्थ बस्‍ने निर्णय गरेको छ ।

उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले विपक्षमा मतदान गर्ने भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस