मुख्य समाचार

सरकारमाथि विश्वास गर्न नसकिने कुनै कारण नै छैन : प्रधानमन्त्री

kp oli samsad

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारमाथि विश्वास गर्न नसकिने कुनै कारण नै नभएको जिकिर गरेका छन् ।

आइतबार विश्वासको मत लिनुअघि संसद्मा बोल्दै उनले राष्ट्रियताको पक्षमा उभिएको सरकारलाई अविश्वास गर्नुपर्ने कुनै कारण नभएको बताए । “यो सरकालाई कुनै हिसाबले अविश्वास गर्नुपर्ने हुँदै होइन । राष्ट्रियतको रक्षा र सम्वर्द्धनको सन्दर्भमा, नेपालको स्वाभिमान माथि उठाउने सन्दर्भमा । कुनै तर्क गरिरहनु पर्दैन । तस्बिर आफैँ बोल्छ,” उनले भने ।

ओलीले विश्वास नगर्नुपर्ने कुनै कारण नै नभएको पनि बताए । कामहरु आफैँ बोल्ने उनको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *