
२७ वैशाख, काठमाडौं । संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पुरा भएको संसद सचिवालयले जनाएको छ । त्यसका लागि तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको छ ।
हुन्छ, हुन्न र मत दिन्न गरि तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । कोभिड संक्रमित माननीय सदस्यहरूका लागि ल्होत्से हलमा मतदानको व्यबस्था रहेको छ । प्रधानमन्त्री पछि दलका शीर्ष नेताहरुले छोटो बोल्ने कार्यक्रम तय गरिएको छ ।
त्यसपछि प्रधानमन्त्रीले जवाफ दिने र मत विभाजनको प्रक्रिया सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस