मुख्य समाचार

प्रचण्डकाे प्रश्न- विश्वासको मत माग्न नैतिकताले दिन्छ र प्रधानमन्त्री ज्यू ?

prachanda

२७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत माग्न नैतिकताले दिन्छ र ? भन्दै प्रश्न गरेका छन् ।

सोमबार जारी संसद् बैठकमा उनले आफैँले विघटन गरेको संसद्मा विश्वासको मत लिन नैतिकताले दिन्छ र भन्दै प्रश्न गरेका हुन् ।

उनले ओलीले फेरि संसद् विघटन गर्ने डरले पहिले समर्थन फिर्ता लिन नसकेको बताए । उनले विश्वासको मत लिन लागिएको स्वभाविक नभएर नाटकीय लागेको समेत बताए ।

प्रिबजेटको छलफल गर्नुपर्ने बेलामा त्यही बैठकमा विश्वासको मत लिएको भए हुने पनि बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस