
२७ वैशाख, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा पार्टीले मतदान गर्ने जानकारी गराएका छन् ।
संसदलाई सोमबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभामा उपस्थित सबै राजनीतिक दल र माननीयहरूलाई प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न पनि आह्वान गरे ।
लिखित मन्तव्यका क्रममा उनले ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष राखेको प्रस्ताव पारित नहुने भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस