समाचार

कोरोनाबाट दुईजनाको होम आइसोलेशनमै मृत्यु

covid19 Death body

२७ वैशाख, काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट यहाँ आज मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ । होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन् ।

अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ । केन्द्रका अनुसार होम आइसोलेनमा मृत्यु हुनेमा धुलिखेल नगरपालिका–११ पातलेखेतका २७ र ५८ वर्षका दुई पुरुष रहेका छन् ।

शनिबार ५८ वर्षीय पुरुषलाई र अर्का २७ वर्षीयलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *