मुख्य समाचार

ओलीलाई प्रचण्डको प्रश्न– ‘कोरोना कहरमा ठूल्ठूला शिलान्यास गर्दै हिँड्ने तपाई होइन, तपाईं अनुशासनमा नबस्ने अरुलाई सिकाउन मिल्छ ?’

prachanda

२७ वैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण कोरोना संक्रमण अनियन्त्रित बनेको आरोप लगाएका छन् । सदनमा सोमबार विश्वासको मतमाथिको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले यसबीचमा ठूल्ठूला समारोह, रथयात्रा गरेको र त्यहीँबाट ह्वात्तै कोरोना फैलिएको बताए ।

“दोस्रो लहर सुरु हुन लागिसकेको थियो । संकेतहरू देखिइसकेको थियो । ठूल्ठूला समारोह, रथयात्रा त्यहीँबाट ह्वात्तै कोरोना फैलिएको होइन । तपाईं प्रधानमन्त्रीजस्तो मानिसले अनुशासनका नबसेपछि कोभिड कन्ट्रोलका निम्ति आत्मानुशासन पालना नगरिदिएपछि अरूलाई भन्ने नैतिक अधिकार कसरी हुन्छ ? रथयात्रा अलि पछि गरे हुँदैनथ्यो र ! मैले त तपाईंलाई भनेकै थिएँ नि, मेरो निर्वाचन क्षेत्रमा अयोध्यापुरी बनाउने भनेर अगाडि बढ्नु भएको थियो, म पनि गएर हेरेँ । मलाई त खुसी छ, मेरो निर्वाचन क्षेत्रमा ठूलो धार्मिक, पर्यटकीय क्षेत्र बन्न लाग्यो ।

तपार्ईंलाई कोरोनाको यो दोस्रो लहर सुरु हुन लागेको बेला हजारौँको भीड जम्मा गर्नेगरी त्यतिबेलै गर्नुपरेको थियो त ? अलि पछि गरे पनि हुन्थ्यो । तपाईंले थुप्रै शिलान्यास गर्नु भयो । कयौँको न बजेट छ, न ठाउँको ठेगान छ । न कुनै योजना छ, तर तपार्ईंले शिलान्यास गरिदिनुभयो बालुवाटार बसेर !”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस