मुख्य समाचार

भारतको दिल्लीमा अक्सिजनपछि अब खोपको अभाव !

coronavirus in india

२७ वैशाख, काठमाडौं । अक्सिजन अभाव भोगिरहेको भारतमा खोपसमेत अभाव हुने सम्भावना बढेको छ ।

नयाँदिल्लीमा एक दिनका लागि मात्र पुग्ने कोभ्याक्सिन र तीन/चार दिनका लागि पुग्ने कोभिसिल्ड खोप बाँकी रहेको भन्दै दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले शीघ्र थप खोप उपलब्ध गराउन केन्द्र सरकारलाई आग्रह गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

“हामीसँग कोभ्याक्सिन खोप एक दिनका लागि पुग्ने र कोभिसिल्ड खोप तीन–चार दिनका लागि पुग्नेजति मात्र भन्डारण छ । हामीलाई छिटोभन्दा छिटो खोप आवश्यक छ,” स्वास्थ्यमन्त्री जैनले भने । नोयडा, गाजियाबाद, गुरगावलगायत क्षेत्रबाट समेत खोप लगाउन मानिस दिल्ली आएकाले पनि खोप नपुगेको बताइएको छ ।

यसअघि, आइतबार दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि खोप अभाव भएको बताएका थिए । उनले आगामी तीन महिनाभित्र दिल्लीका सबै नागरिकलाई खोप लगाउनका लागि कम्तीमा तीन करोड डोज खोप आवश्यक पर्ने उल्लेख गरेका थिए । दैनिक तीन लाख डोज खोप आवश्यक पर्नेमा अहिले मुस्किलले एक लाख डोज मात्र पाएको केजरीवालको भनाइ थियो ।

संक्रमणको जोखिम कम नभइसकेको भन्दै केजरीवालले दिल्लीमा मे १७ सम्म लकडाउनको समयावधि बढाउने निर्णय गरिसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस