मुख्य समाचार

मलाई मत दिए प्रतिनिधिसभा विघटन हुँदैन : प्रधानमन्त्री ओली

kp oli samsad

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मत दिए प्रतिनिधिसभा विघटन नहुने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलिएको भन्द्यै प्रश्न उठाएपछि ओलीले आफूलाई मत दिए संसद फेरि विघटन नहुने बताएका हुन् ।

उनले आफूलाई ५ वर्षकै म्यान्डेट जनताले दिएको र त्यही कारण राजीनामा नदिएको पनि बताए । ‘संसद विघटन होला कि भन्ने फेरि चिन्ता छ, ए बाबा मत दिम, कसरी विघटन हुन्छ ? आफू मत नदिइ नदिइकन विघटनतिर धकेल्ने, अनि अर्कालाई अवजस लगाउने ?’ ओलीले भने, ‘भीरको टाउकाबाट हामफाल्ने अनि गुरुत्वाकर्णलाई दोष लगाउने ?’  भाषा एउटा व्यवहार अर्को गर्न नहुने भन्दै उनले संसदको स्थायित्व बचाउन पनि चेतावनी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस