मुख्य समाचार

कारोना विरुद्धको भ्याक्सिन खरिदमा कुनै भ्रष्टाचार भएको छैन : प्रधानमन्त्री ओली

kp sharma oli

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कारोना विरुद्धको भ्याक्सिन खरिदमा कुनै भ्रष्टाचार नभएको दाबी प्रस्तुत गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा सांसदहरुबाट उठेका सवालको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोभिड–१९को तिब्र संक्रमणकै बेला दक्षिण एसियामै भारतपछि पहिलो पटक नेपालले भ्याक्सिन उपलब्ध गराएको बताए ।

जसमा भारतबाट पहिलो पटक १० लाख डोज र चीनबाट ५ लाख निःशुल्क पाएको र थप २० लाख सरकारले खरिद गरेर ल्याउँदै गरेको बताए । ‘४ डलरका दरमा २० लाख भ्याक्सिन खरिद गरेको छ । त्यो पनि जीटूजी प्रणालीमा । यसमा पनि भ्रष्टाचार भएको छ भन्नु हुन्छ भने, आउस् छानबिन गरौं ।’

अन्य भ्याक्सिन खरिद गर्ने सवालमा अरुले कमिसनको कुरा गर्नु भएको हो भने, मलाई जानकारी छैन, छ भने मलाई जानकारी दिनुहोला म कारबाही गर्छु,’ प्रधानमन्त्री ओलीले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस