समाचार

अस्पतालबाट डिस्चार्ज भए पूर्वमन्त्री भण्डारी

shankar bhandari

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणका कारण यही वैशाख २० गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा भर्ना भएका नेता भण्डारी आइतबार राति डिस्चार्ज भएका हुन् ।

गृहजिल्ला तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौं फर्किएका भण्डारीको यही वैशाख १८ गते स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमणसँगै होम आइसोलेसनमा रहेका नेता भण्डारीलाई वैशाख २० गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । नेता भण्डारीसहित उनक श्रीमती र छोरामा समेत कोरोना संक्रमण देखिएको थियो ।

नेता भण्डारीले डिस्चार्ज भएसँगै आज एक वक्तव्य जारी गरी आफूलाई कोरोना संक्रणबाट मुक्त गराउन अनवरत खटिएका चिकित्सक, नर्स, अस्पताल प्रशासनलाई धन्यवाद दिएका छन् । उनले आफ्नो स्वास्थ्यका बारेमा चासो राख्ने परिवारजन, इष्टमित्र, पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पार्टी तथा भ्रातृसंस्थाका नेता–कार्यकर्ता र अन्य पार्टीका नेता र जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *