
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी ‘केन्द्र’ र जनता समाजवादी पार्टीले नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष आह्वान गरेका छन् ।
तीन पार्टीका अध्यक्षले संयुक्त वक्तव्य जारी गर्दै संविधानको धारा ७६ ‘२’ बमोजिम प्रधामन्त्री नियुक्तिको प्रक्रिया सुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका हुन् ।
विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको अवस्थामा काँग्रेस, माओवादी केन्द्र र जसपाका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिलाई यस्तो प्रक्रिया थाल्न सुझाव दिएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा जारी गरेर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन भनेका छन् ।
प्रतिक्रिया दिनुहोस