मुख्य समाचार

पछिल्लो २४ घण्टामा ९२७१ जनामा कोरोना संक्रमण पुष्टि, १३९ को मृत्यु

sab covid death

२७ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो ।

पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख नाघेको छ ।

सोमबार सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् भने १३९ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३ हजार ८५९ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *