बैँक / वित्त

भरतपुर चौबिसकोठीकाे प्राइम बैंकमा आगलागी हुँदा ४० लाख बराबरको क्षति

prime bank fire

२७ वैशाख, चितवन । भरतपुरको चौबीसकोठीमा रहेको प्राइम कमर्शियल बैंकको शाखामा सोमवार साँझ विद्युत् शर्ट भई आगलागी हुंँदा ४० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार आगलागीबाट बैंकको कम्प्युटर १० थान, विभिन्न किसिमका प्रिन्टर १० थान, फोटोकपी मेसिन २ थान, टेलिफोन सेट, पैसा गन्ती गर्ने मेसिन, एसी दुईथान, स्टेटमेन्ट प्रिन्टर मेसिन लगायतका सामग्री जलेर नष्ट भएका छन् ।

यी सबै सामानहरू जलेर नष्ट भएपछि करिब ४० लाख बराबरको क्षति अनुमान गरिएको कार्यालयका प्रवक्ता सरोज गिरीले जानकारी दिए । साँझ साढे ५ बजे आगो प्रहरी र सेनाको प्रयासमा एक घण्टापछि नियन्त्रणमा आएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *