मुख्य समाचार

कैलालीमा जेठ ६ गतेसम्म निशेधाज्ञा गर्न सिफारिस

Kailali lockdown

२८ वैशाख, कैलाली । कैलालीमा लकडाउन जेठ ६ गते सम्म गर्न सिफारिस गरेको छ । सोमबार कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बसी कैलालीमा जेठ ६ गते लकडाउन लम्ब्याउने सिफारिस गरेको हो । कोरोना बढेको भन्दै यसअघि कैलालीमा पहिलो चरण वैशाख १६ देखि २२, दोस्रो चरण २३ देखि वैशाख मसान्त सम्म लकडाउन गरेको थियो ।

कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले सो जेठ ६ गते सम्म लकडाउन गर्ने सिफारिस गरेको हो । निशेधाज्ञाको क्रममा अत्यावश्यकबाहेक अन्य सार्वजनिक सेवा पूर्ण रुपमा बन्द र सरकारी कार्यालय बाहेक अन्य कार्यालयले बढीमा २५ प्रतिशत संख्यामा कर्मचारी तथा सवारी साधन प्रयोग गरि कार्यालयको आन्तरिक ब्यबस्थापन गर्ने, यस विपरित कर्मचारीको आवागमन एवम् सवारी साधनको प्रयोग नगर्न सिफारिस गरेको छ ।

राजश्व दाखिला र सरकारी कारोबारबाहेक बैंक तथा वित्तिय संस्थाको सबै सेवा बन्द गरी अत्याबश्यक भुक्तानीको लागी एटिएम तथा विधुतीय प्रणालीबाट सेवा प्रवाहको प्रबन्ध गर्ने । नेपाल सरकार का कर्मचारी बैक तथा वित्तिय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुले कार्यालय ले जारी गरेको परिचय पत्रको आधारमा आवत जावत गर्न सक्ने सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिबराज जोशीले जानकारी दिए ।

उनले औषधि उपचार लगायत अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न नदिन थप कडाई गरेको उनले बताए । अत्यावश्यक काम बाहेक अन्य सार्बजनिक एबम् निजी सवारी साधन संचालन गर्न नपाइने लगायतका १५ बुँदे सिफारिस  गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस