मुख्य समाचार

महन्थको विज्ञप्ति आएपछि बाबुरामले भने, ‘जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ’

Baburam Bhattarai

२८ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्ने बताएका छन् । जसपा अध्यक्ष महन्थ ठाकुरले सरकार निर्माण गर्ने र वैकल्पिक सरकार बनाउने आफ्नो पार्टीको प्राथमिकता नभएको भन्दै विज्ञप्ति निकालेपछि भट्टराईले एकताबद्ध हुन आग्रह गरेका हुन् ।

मंगलबार ट्वीट गर्दै भट्टराईले बल दलहरूको कोर्टमा आएकोले लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको समाधान गर्नुपर्ने बताएका छन् । त्यसकालागि दलीय/गुटीय सोचभन्दामाथि उठ्नु अहिलेको आवश्यकता भएको भट्टराईको जोड छ ।

‘अब बल दलहरूको कोर्टमा आएको छ । प्रश्न एक थान सरकारको मात्र हैन, मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो । त्यसनिम्ति सबै संकिर्ण दलीय/गुटीय सोच भन्दामाथि उठ्नै पर्छ’, सामाजिक सञ्जालमा मंगलबार ट्वीट गर्दै पुर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्ने बताएका छन् ।

‘वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ !’ भट्टराईको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस