
२८ वैशाख, काठमाडौं । नेपाली बाजारमा निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज तेजाबी सुन ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी आज चाँदीको मूल्यमा भने गत सोमबारको तुलनामा सामान्य गिरावट आएको महासंघले जनाएको छ । महासंघका अनुसार गत सोमबार प्रति तोला एक हजार ३६० रुपैयाँ पुगेको चाँदीको मूल्य मंगलबार प्रति तोला एक हजार ३४५ रुपैयाँमा झरेको हो ।
प्रतिक्रिया दिनुहोस