मुख्य समाचार

टेकु अस्पतालमा कोरोना परीक्षण स्थगित

sukraraj trapikal

२८ वैशाख, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ ।

कोभिड बिरामीको भर्ना मात्रै लिदैँ आएको सरुवारोग अस्पतालले किट अभावमा पीसीआर परीक्षण रोक्न बाध्य भएको छ ।

मंगलवार अस्पतालका निर्देशकले जारी गरेको सूचनामा भनिएको छ, ‘विशेष कारणबश अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिँदै आएको पीसीआर परीक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट आम सर्वसाधारणमा परेको असुविधाको लागि क्षमाप्रर्थी छौ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस