समाचार

ट्रकले साइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

accident

२८ वैशाख, सप्तरी । दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल  र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै  गरेको ना६ख ३८६१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार मण्डल दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

साइकलमा सवार मण्डल दम्पती घाइते भई दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल भारदह लैजाने क्रममा दुवै जनाको बाटोमा मृत्यु भएको काफ्लेले जानकारी दिए । शव परीक्षण लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस