२८ वैशाख, काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको चार सय वटा अक्सिजन सिलिन्डर लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ ।
कोरोनाभाइरसका कारण देशभर अक्सिजनको हाहाकार भएपनि त्यसको पूर्ति गर्नका लागि चीनबाट अक्सिजन सिलिन्डर ल्याइएको हो । यस्तै चीनबाट १६० वटा अक्सिजन कसन्टेटर, १० थान भेन्टिलेटर समेत ल्याइएको छ ।
सरकारले चीनको अनुदानमा २० हजार अक्सिजन सिलिन्डर नेपाल ल्याउने बताइएको छ । २० हजार सिलिन्डरमध्ये २ हजार विमानबाट र बाँकी सडक मार्ग हुँदै नेपाल लाइनेछ ।
प्रतिक्रिया दिनुहोस