मुख्य समाचार

कैलालीमा जेठ ६ गतेसम्म थपियो निषेधाज्ञा

kailali cdo office

२८ वैशाख, कैलाली । कैलालीमा आगामी जेठ ६ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

सोमबार जिल्ला कोभिड–९ संकट व्यवस्थापन केन्द्रको बैठक बसी कैलालीमा जेठ ६ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेसँगै मंगलबार प्रमुख जिल्ला अधिकारीले जेठ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

कोरोना संक्रमण बढ्दै गएपछि कैलालीमा पहिलो चरणमा वैशाख १६ देखि २२, दोस्रो चरणमा २३ देखि वैशाख मसान्तसम्म निषेधाज्ञा लगाइएको थियो । संक्रमण बढ्दो क्रममा रहेको भन्दै स्थानीय प्रशासनले जेठ ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा बढाएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस