
२८ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार २२५ जनाको मृत्यु भएको हो । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस