
२८ वैशाख, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) नेता सुब्रमण्यम स्वामीले भारतीय सत्ता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेको बताएका छन् ।
भाजपाका वरिष्ठ नेता एवम् राज्यसभा सांसद समेत रहेका स्वामीले ओली भारतको ‘रोजाइ’ भएको पनि बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भएभने चीनको जीत हुनेपनि स्वामीले उल्लेख गरेका छन् ।
विभिन्न टिप्पणी र अभिव्यक्तिबाट चर्चा र विवादमा आइरहने स्वामीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालबारे मेरो जानकारीमा भएअनुसार ओली भारतको रोजाइ हुन्, प्रचण्ड प्रधानमन्त्री भए भने चीनको जीत हुन्छ ।’
According my knowledge about Nepal, Oli was India’s choice. If Prachanda become PM then China has won
— Subramanian Swamy (@Swamy39) May 11, 2021
प्रतिक्रिया दिनुहोस