मुख्य समाचार

उपचार अभावमा संक्रमितको मृत्युपछि अस्पतालमा तोडफोड

janakpur machine

२८ वैशाख, धनुषा । उपचार अभावमा एक कोरोना संक्रमितको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरधामको कोभिड अस्पतालमा तोडफोड भएको छ । मंगलबार जनकपुरधाम स्थित कोभिड अस्पतालमा आक्रोशित एक समूहले तोडफोड गरेको हो ।

संक्रमितलाई भर्ना नगरेको भन्दै सो समूहले अस्पतालको उपचार कक्षमा जडान गरिएका उपकरणहरु समेत तोडफोड गरेको छ ।

उक्त समुहले अस्पतालको वार्डमा जडान गरिएको तीन भेन्टिलेटरसहित अन्य उपकरण तोडफोड गरेको अस्पतालले जनाएको छ । करिब आधा दर्जनको समुहमा रहेको सो समूहले अस्पतालका स्वास्थ्यकर्मीमाथि समेत हातपात गरेको प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कुमार यादवले बताए ।

तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस