मुख्य समाचार

देशको संकट हल गर्न बाबुरामका चार प्रस्ताव

Baburam Bhattarai

२९ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको संकट समाधानका लागि चार बुँदा सुझाएका छन् ।

उनले भनेका दिएको पहिलो सुझावमा वर्तमान तथा पूर्वप्रधानमन्त्रीबाहेको नेतृत्वमा सरकार गठनको छ । ‘देशको संकट हल गर्न यसो गरौं,’ डा. भट्टराईले पहिलो भनेका छन्, ‘धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रमवाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं ।’

मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा आफ्नौ भनाइ राख्दै उनले चार बुँदे सुझाव अघि सारेका हुन् । जसको दोस्रो बुँदामा सर्वदलीय सरकार संचालनका लागि सबै दलका प्रमुख तथा पूर्वप्रधानमन्त्रीहरू रहेको निर्देशक समिति बनाउनुपर्ने रहेको छ ।

तेस्रो सुझावमा नयाँ बन्ने सरकारले न्यूनतम कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । जसमा कोभिड–१९ नियन्त्रण, द्वन्द्वका घटनाको सम्बोधन, संविधान संशोधन, आर्थिक राहतलगायतका छन् । त्यसपछि उनले एक वर्ष भित्र चुनाव गर्नुपर्ने बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस