
२९ वैशाख, काठमाडौं । कोरोना संक्रमणबाट नेकपा एमाले नेता तथा बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको मृत्यु भएको छ ।
मंगलबार साँझ नेता चौलागाईंको निधन भएको बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले जानकारी दिए । उनी कोभिड संक्रमण भएपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गराइरहेका थिए ।
एमाले निकट युवा संघका पूर्व अध्यक्षसमेत रहेका चौलागाईं एमालेका पोलिटब्युरो सदस्य हुन् । दोलखा (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद उनी दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए ।
उनका श्रीमती, एक छोरा र दुई छोरी छन् ।
प्रतिक्रिया दिनुहोस