
२९ वैशाख, संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका-३ पुखुवामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङभित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट ढुङ्गा खस्दा कामदारको मृत्यु भएको छ ।
चिचिला गाउँपालिका ३ पुखुवामा रहेको आयोजनाको पावर हाउसको सुरुङमा ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट ढुङ्गा खस्दा शुक्लाफाँटा नगरपालिका १२ कन्चनपुरका ३७ बर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बुधबार बिहान साढे ८ बजेको समयमा सुरुङ भित्र काम गर्ने क्रममा अचानक ढुङ्गा खस्दा उनको मृत्यु भएको हो । सोही ढुङ्गाले लाग्दा अर्का कामदार ५० बर्षीय मिठु राना समेत घाईते भएका छन् । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस